कोप-२८ बाट सन्तुष्ट छु, राम्रै आर्थिक सहयोग आउनेछः प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोप–२८ बाट आफू सन्तुष्ट रहेको बताएका छन् ।

दुबईमा भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कोप–२८ बाट आफू सन्तुष्ट रहेको बताएका हुन् ।

‘म सन्तुष्ट छु, जस्तो होस् भनेको हो, त्यस्तै भयो ।’, उनले भने । नेपालले पर्वतीय मुलुकहरुको नेतृत्व गर्दै आफ्नो मुद्दा जोडदारसँग राखेको भन्दै प्रधानमन्त्री प्रचण्डले राम्रै आर्थिक सहयोग आउने दाबी गरेका छन् ।

सम्मेलनभन्दा अगाडि राष्ट्रसंघका महासचिवले गरेको नेपाल भ्रमणको विश्वव्यापी प्रभाव परेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement