सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन निरन्तर पहल गरिरहेको छु: प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन निरन्तर पहल गरिरहेको बताएका छन् । आइतबार ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन ढिला भइरहेकोप्रति चिन्दा व्यक्त गरेका हुन् ।

‘सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन ढिलाइ भइरहेको छ । यसलाई आम राष्ट्रिय सहमति बनाउन प्रधानमन्त्रीको हैसियतमा मैले लगातार पहल गरिरहेको जानकारी गराउन चाहन्छु । राष्ट्रिय मानवअधिकार आयोगका सिफारिसलाई सरकारले एजेन्डा बनाउने कुरामा कहीँ न कहीँ कमी गरेको आलोचना गम्भीर रूपमा उठाइयो ।’, उनले भने ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई अविच्छिन्न राख्न, सरकार सदैव प्रतिवद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement