सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


काठमाण्डु- नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए ।प्रचण्ड र एस जयशंकरबीच अहिले भेटवार्ता भइरहेको छ।

भेटमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्यका बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement