निर्माण व्यवसायीलाई रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्।

आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलले भुक्तानीको प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले गत आर्थिक वर्षको रु एक अर्ब ७१ करोड र चालु आवको अहिलेसम्मको दायित्व रु छ अर्ब ३० करोड तत्काल निकासा दिन अर्थमन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

निर्माण व्यवसायीलाई उक्त रकम भुक्तानी भएपछि विकासनिर्माणका कामले गति लिने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement