बालकुमारी घटनाको विषय सम्बोधन भइसक्योः प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तन भएसँगै बालकुमारी घटनाको सम्बोधन भइसकेको बताएका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार परिवर्तन भएसँगै बालकुमारी घटनाको सम्बोधन भइसकेको जिकिर गरेका हुन् ।

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलले प्रतिपक्षमा हुँदा बालकुमारी घटनाका विषयमा पटक–पटक मन्त्रीको राजीनामा र बर्खास्तको माग गरेका थिए। प्रधानमन्त्री प्रचण्डले सरकार परिवर्तन गरेर जवाफ दिइसकेको ‘रोस्ट्रम’मा उभिएर बताए ।

“बालकुमारी घटनाको सम्बन्धमा भनिएको विषय सरकारको पुनर्गठनसँगै एक हदसम्म सम्बोधन भएको छ,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement