प्रधानमन्त्री ओली किन पुगे सुटुक्क सैनिक मुख्यालय ?


काठमाडौं– नेपाली सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय महत्वको आयोजना काठमाण्डौं–तराई\मधेश दु्रतमार्गबारे जानकारी गराएको छ । सैनिक मुख्यालयमा बुधवार आयोजित कार्यक्रममा आयोजना प्रमुख समेत रहेका प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँणले सेनाले हालसम्म गरेको प्रगति विवरण सम्बन्धमा जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले दु्रतमार्गको हकमा सरकारबाट निर्माण कार्य सहयोगको लागि कुनै पनि कसर बाँकी नरहने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेल र नेपाली सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement