काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको हो ।
बैठकले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्न सक्ने सम्भावना छ ।
यसअघि बैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले बैशाख १७ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । तर बैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले विशेष कारण भन्दै उक्त अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
त्यसपश्चात सरकारले संवैधानिक परिषद्सम्बन्धीसहित ८ वटा अध्यादेश राष्ट्रपति समक्ष पठाइएको थियो । आज दिउँसो गरि ८ वटै अध्यादेश जारी भएसँगै अब संसद अधिवेशन बोलाउने सरकारको तयारी रहेको छ ।




प्रतिक्रिया