प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई लिएर कुन नेताले के भने ?

प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई लिएर कुन नेताले के भने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार प्रधानमन्त्री बालेन्द्र शाह पूर्व तालिकाबिना सदन्मा सांसद्हरुले सोधेको प्रश्नको जवाफ दिन भन्दै रोष्ट्रममा पुगे । उनले सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा भारतले मात्र नभई नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिए । उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भइरहेको छ ।

यस्तैमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्क राज राई) ले प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको आरोप लगाएका छन् ।

अध्यक्ष साम्पाङले जारी गरेको विज्ञप्तिमा रास्वपा सभापति रवि लामिछाने भारत जानुअघि भारतलाई रिझाउन प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको भनाइले नेपालको सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ भन्ने नेपाली जनताको मागलाई सामसुम पार्ने तथा नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रष्ट पारेको छ, प्रधानमन्त्रीले बोलेको यो कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थिति के हो भन्नेबारे गम्भीर अस्पष्टता व्यक्त गरेको छ ।’

यस्तै नेकपाका नेता झलनाथ खनालले पनि प्रधानमन्त्री शाहको उक्त अभिव्यक्ति राष्ट्र विरोधी भएको भन्दै बिरोध गरेका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा खनालले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई ‘खतरनाक’ भन्दै बिरोध गरेका छन्। उनले शाहलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने पनि बताएका छन्।

खनालले लेखेका छन्, ‘ ‘हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे। यो अत्यन्त गम्भीर, दुस्खद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति हो,’ खनालले भनेका छन्, ‘हामी नेपाली जनता युगौँदेखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएका छौं र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ । त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्र विरोधी कार्य हो,’ उहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको हो ? ’

यता उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले रास्वपा सभापतिको भारत भ्रमणपूर्व प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनु सन्देहास्पद भएको टिप्पणी गरेका छन् ।

उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि घिसिङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् । ‘नेपालले विगतदेखि नै उपलब्ध ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा आफ्नो अडान स्पष्ट रूपमा राख्दै आएको छ । यस्तो अवस्थामा सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले संसदजस्तो सर्वोच्च मञ्चबाट दिएको यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय अडानलाई कमजोर बनाउँछ ।‘रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा सोही पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले संशय र प्रश्नहरु जन्माएको छ,’।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको आधार, सन्दर्भ र तथ्य देश र जनतासमक्ष स्पष्ट पार्नुपर्ने उनको माग छ ।

यस्तै नेकपा (एमाले )का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री नेपाल राष्ट्रको प्रतिनिधित्व गर्नुहुन्छ कि अरू कसैको ? भनेर प्रश्न गरेका छन् । पोखरेलले लेखेका छन्, ‘बालेन्द्र शाहले आज संसदमा दिएको अभिव्यक्तिले उनले नेपाल राष्ट्रको प्रतिनिधित्व गर्छन् कि अरू कसैको भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’