विप्लवसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग वार्ताको सम्भावना नभएको बताएका छन् ।

बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लवका क्रियाकलाप ‘विकास र देश विरोधी’ भएकाले वार्ताको सम्भावना नरहेको बताए ।

उनले मुलुकका सबै समस्या वार्ताबाट समाधान गर्ने सरकारको नीति भए पनि वार्तामा बोलाउँदा ‘गालीगलौज र ठुला’ कुरा गर्ने भएकाले विप्लवसँग वार्ताको सम्भावना नरहेको बताए ।

उनले भने, ‘सरकारले वार्ता नगरेको हो र ? वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ भन्ने सरकारको मुख्य नीति नै हो । वार्तामा बोलाउँदा गालीगलौज हुन्छ, ठुला कुरा हुन्छन् ।’

पछिल्लो समय नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताले विप्लवसँग वार्ता भइरहेको संकेतसहितका अभिव्यक्ति दिएका बेला प्रधानमन्त्रीले ती कुरा ‘व्यक्तिगत’ भएको बताएका हुन् ।

उनले सरकारले आतंककारी र विध्वंसात्मक गतिविधिलाई मान्यता नदिने बताए । विप्लवका गतिविधि सरकारले अस्वीकार गर्ने र नसहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement