प्रधानमन्त्री कपः सुदूरपश्चिमले दियो एपिएफलाई १२६ रनको लक्ष्य


काठमाडौं – राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबाई जितका लागि १२६ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । उसका लागि लोकेस बमले सर्वाधिक ३० रनको योगदान दिँदा विपीन रावलले २१ रन जोडे ।

त्यसैगरी खडक बोहोराले १९, रोशन अधिकारीले १६, कप्तान शेर मल्लले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

प्रतियोगितामा एपिएफका अभिनाश बोहोराले दुई विकेट लिए भने पृथु बाँस्कोटा, शरद भेषवाकर र भुवन कार्कीले समान एक एक विकेट हात पारे । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख पाउनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement