कर्णालीले दियो प्रदेश २ लाई ९४ रनको लक्ष्य


काठमाडौं – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा कर्णाली प्रदेशले प्रदेश २ लाई ९४ रनको लक्ष्य दिएको छ । पहिला ब्याटिङ गरेको कर्णाली प्रदेश ३०.४ ओभरमा ९३ रनमा समेटियो ।

कर्णालीलाई सस्तैमा समेट्न प्रदेश २ का कुमार थापाले ३ विकेट लिँदा, रसिद खान, समसद शेख र हरिशंकर साहले समान २–२ विकेट हात पारे ।

कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रन बनाउँदा कप्तान रविन्द्र शाहीले दोस्रो ठूलो स्कोरको रुपमा १४ रन बनाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement