मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति दिएको छैन : प्रधानमन्त्री प्रचण्ड

मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति दिएको छैन : प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो जवाफ आएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले मुस्ताङको विषयमा बडो चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको स्पष्ट पारे ।

एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री दाहालले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए । उनले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशी भन्दा पनि विदेशीहरू बढी जानकार रहेको आफूले सुनेको बताए ।

प्रधानमन्त्री दाहालले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठीक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा अमूल परिवर्तन ल्याउन सकिने उल्लेख गरे । प्रधानमन्त्री दाहालले मुस्ताङ मात्रै नभएर मुलुकको विभिन्न भागमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरू रहेको पनि बताए ।