प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक प्राप्त गरे विश्वासको मत,विपक्षमा एमाले र राप्रपा


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत पाएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले १७२ मत प्राप्त गरका छन्। उनी बहुमतले विश्वासको मत लिन सफल भए। प्रधानमन्त्रीको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो भने मत १ जनाले मत दिएनन्। बैठकमा २६२ सा‌ंसद उपस्थित थिए।

प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु प्रभु साह,अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले मत दिएका हुन।

नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे। प्रतिनिधिसभाको सिट संख्याको ५० प्रतिशत सांसदले पत्ताएका व्यक्ति मात्र प्रधानमन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ। २७५ सिटमध्ये कम्तिमा १३८ जना सांसदको मत प्राप्त भयो भने मात्र विश्वासको मत प्राप्त भएको मानिन्छ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

प्रतिक्रिया दिनुहोस
Advertisement