प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट विजयी


डडेल्धुरा-  प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले २५ हजार ५ सय ३४ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् ।

एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्लले ७ हजार ५ सय ३५ मत पाएका छन् । देउवा डडेल्धुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement