प्रधानमन्त्री ओली जेनेभामा, सोमबार आइएलओमा सम्बोधन गर्ने कार्यक्रम


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वीटजरल्याण्डको जेनेभा पुगेका छन् । युरोपियन मुलुकको भ्रमणको क्रममा प्रधानमन्त्री ओली आईतवार अपरान्ह स्वीट्जरल्याण्डको जेनेभा पुगेका हुन् ।

प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तराराष्ट्रिय श्रम संगठन ( आइएलओ) को शतवार्षिकी समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय श्रम संगठन संगको नेपालको सम्बन्ध र ऐक्यबद्धता तथा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले श्रम सम्बन्धमा बेहोर्नु परिरहेको चुनौती तथा नेपालले नयाँ संविधान अन्तर्गत श्रम सम्बन्धमा अपनाएको सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयमा अन्तराष्ट्रिय समुदायलाई प्रष्ट पार्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

जेनेभा समारोहमा विश्वका ४५ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहनेछ । स्वीट्जरल्याण्डको भ्रमणपछि प्रधानमन्त्री ओली भोलि नै बेलायत प्रस्थान गर्ने कार्यक्रम छ । बेलायतमा प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध अक्सफोर्ड यूनिभर्सिटीको युनियनलाई विशेष सम्बोधन गर्नेछन् । बेलायत भ्रमणपछि प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement