प्रधानमन्त्रीको विमान होल्ड प्रकरणमा कर्मचारी दोषी

प्रधानमन्त्रीको विमान होल्ड प्रकरणमा कर्मचारी दोषी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चढेको यती एयरलाइन्सको विमान काठमाडौं अवतरणका क्रममा ‘होल्ड’ गरेको विषयमा छानविन गर्न बनेको समितिले नागरिक उड्डयन प्राधिकरण, यति एयरलाइन्सको अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारीलाई प्रमुख दोषी देखाएको छ।

अनुसारमन्त्रालयलाई प्रतिवेदन बुझाउँदै समितिले लापरवाही गर्ने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ। गत फागुन २३ गते बिहीबार साँझ झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं अवतरण हुँदा विमान १५ मिनेटजति ‘होल्ड’ भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले समितिले प्रतिवेदन बुझाइसकेको बताए। ‘समितिले छोटो समयमा नै काम सकेको छ’ उनले भने। उपाध्यायले त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, यती एयरलाइन्सको अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारीलाई प्रमुख दोषी देखाउँदै कारबाहीका लागि सिफारिस गरिएको बताउनुभयो ।

विमानमा प्रधानमन्त्री रहेको भन्ने जानकारी नभएकाले ‘होल्ड’ भएको विमानस्थलले त्यतिबेला प्रतिक्रिया दिएको थियो । तर प्रधानमन्त्रीले भने यो घटनालाई लिएर शंका व्यक्त गर्दैआफूमाथि षड्यन्त्र भएको बताएका थिए । यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।