जम्बो टोली लिएर प्रधानमन्त्री मंगलवार चीन भ्रमणमा जाने (सुचीसहित)


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणदलको टुंगो लागेको छ । मंगलवारबाट सुरु हुने प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालबाट १ सय १९ जना सहभागी हुने भएका छन् । भ्रमणमा नेपालबाट भने १ सय ११ जना सहभागी हुनेछन् । बाकी ८ जना भने बेइजिङस्थित दूतावासबाट प्रतिनिधित्व गर्नेछन् ।

जम्बो भ्रमण दलमा ५४ जना उद्योगी÷ व्यवसायी छन्। प्रधानमन्त्रीको टोलीमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन तथा यातायात मन्त्री रघुबीर महासेठ भ्रमणमा जानेछन्। महासेठ भने बेइजिङमा हुने कार्यक्रममा सहभागी हुन चीन पुगिसकेका छन् । भ्रमण दलमा विभिन्न पार्टीका सांसदहरु समेत सहभागी छन् । टोलीमा सांसदहरु जनार्दन, शर्मा, जयपुरी घर्ती, बिशाल भट्टराई, प्रेमबहादुर आले, राजेन्द्र कुमार केसी, निर्जला राउत, पार्वती डिसी चौधरी र सुरेन्द्र कुमार यादब रहेका छन् । त्यसैगरी भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनितिक सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली रहेका छन्।

त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र विज्ञ समेत रहेका एमाले नेता राजन भट्टराई, अर्थ मन्त्रालयका सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, बाणिज्य सचिव चन्द्र घिमिरे, लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारी, यातायात मन्त्रालयका सहसचिव मधुसुदन अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाह, प्रधानमन्त्रीका स्वीकय सचिव राजेश बज्राचार्य, जिल्ला समन्वय समिति मुस्ताङका संयोजक छिरिङ गुरुङ टोलीमा छन्।

नेपाल चेम्बर अफ कसर्मबाट राजेशकाजी श्रेष्ठ, राजेन्द्र मल्ल, कमलेश कुमार अग्रवाल, दीपक मल्होत्रा, इच्छाराज तामाङ टोलीमा परेका छन्।

उद्योग बाणिज्य महासंघका तर्फबाट व्यवसायीहरु भवानी राणा, पशुपती मुरारका, चन्द्र ढकाल,शेखर गोल्छा, किशोर कुमार प्रधान, उमेश लाल श्रेष्ठ, चण्डीराज ढकाल, ज्ञानेन्द्रराज प्रधान, गोपाल तिवारी, प्रबलजंग पाण्डे, शैलेन्द्र गुरागाई र ज्योत्सना श्रेष्ठ छन्।

उद्योग परिसंघबाट हरिभक्त शर्मा, कृष्ण प्रसाद अधिकारी, गुरु प्रसाद न्यौपाने, मनिष खेम्का र दुर्गा बिक्रम थापा छन्। नेपाल चाइना चेम्बर्स अफ कसर्मबाट त्रिभुवन तुलाधर, नरेन्द्र उलाक र गौरव अग्रवाल छन्।

त्यस्तै बिजनेश डेलिगेसनमा नाममा व्यवसायीहरु निरु पुलामी, आङछिरिङ शेर्पा, दिनेश प्रसाद श्रेष्ठ, सचिनलाल आचार्य, सुरिथ प्रसाद घिमिरे, गौतमदास श्रेष्ठ, पूर्णबहादुर राई, पूर्ण डाँगी, शशी पौडेल, गोरे शेर्पा, भोजबहादुर शाह, कृष्ण आचार्यलाई पनि भ्रमण टोलीमा राखिएको छ।

परराष्ट्र मन्त्रालयबाट चीन हेर्ने सहसचिव गणेश ढकाल, चिफ अफ प्रोटोकल दीपक अधिकारी, चीन महाशाखामा कार्यरत उपसचिव रोशन खनाल, उर्जा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव दिनेश घिमिरे, नेपाल बिद्युत् प्राधिकरणमा एमडी कुलमान घिसिङ, पर्यटन बोर्डका सिइओ दीपकराज जोशी पनि प्रधानमन्त्रीसँगै चीन जानेछन्।

मझौला उद्योगीहरुतर्फबाट पूर्णबहादुर भण्डारी, भरत थापा र शम्भु पोखरेल तथा जलबिद्युत् व्यवसायीहरु पद्यम ज्योती, प्रदीप श्रेष्ठ र उत्तर कुमार श्रेष्ठ छन्।

एनआरएनका अध्यक्ष भवन भट्ट,सहित विश्वनाथ गोयल, अञ्जु पौडेल, रमेश सिलवाल, लोकबहादुर थापा। रामजी बराल,कृष्ण आचार्य, बद्री गौतम,हिरादेवी कँडेल लगायतका व्यवसायी पनि भ्रमण टोलीमा परेका छन्।

भ्रमण टोलीमा १८ जना पत्रकार समेत छन्। टोलीमा कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, नागरीक दैनिकबाट गुणराज लुइटेल, रिपब्लिकाका सम्पादक सुवास घिमिरे,अन्नपुर्णबाट राजाराम गौतम,एभिन्युजबाट शिव दाहाल र हिमालय टाइम्सका सम्पादक प्रकाश रिमाललगायत सहभागी रहेका छन् । हिमालय एयरलाइन्सको विमान चार्टर गरेर चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओली फर्किदा भने सिचुवान एयरबाट स्वदेश फर्कर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement