यस पटककाे चुनाव विगतभन्दा फरक र कम खर्चमा हुनुपर्छः प्रधानमन्त्री कार्की

यस पटककाे चुनाव विगतभन्दा फरक र कम खर्चमा हुनुपर्छः प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसदमा पठाउनुपर्ने धारणा राखेकी छन्।

शुक्रबार नेपाल परिवार दलको प्रतिनिधिमण्डलसँग भएको भेटवार्ताका क्रममा उनले चुनावमा हुने अनावश्यक खर्च र अनुचित तवरले मतदाता प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राखिन्।

प्रधानमन्त्रीले भनिन्, ‘तपाईँहरू चुनावको तयारीमा जुट्नुभएको छ। यो खुसीको कुरा हो। सँगसँगै यो चुनाव विगतभन्दा फरक हुनुपर्छ। कम खर्चमा हुनुपर्छ। प्रचारप्रसारमा तडकभडक हुनुहुँदैन। उम्मेदवारको पैसा खर्च नहुनेगरी प्रचारको शैली परिवर्तन गर्नुपर्छ। अनि सदनमा पनि राम्रा मान्छे पुग्छन्।’

प्रतिनिधिमण्डलका तर्फबाट परिवार दलका अध्यक्ष एकनाथ ढकालले वर्तमान सरकार गठन भएपछि तत्कालै आफ्नो पार्टीले स्वागत गरेको र गुणदोषका आधारमा आलोचना वा समर्थन गर्ने बताए।