काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले ठूलो विपद्का बेला अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने प्रश्न नै नआउने बताएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री शाहले आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय भइरहेको बताएका हुन् ।
उनले भने, ‘प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ। मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनु भएकै थियो।’
यस्तै उनले जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजीका लागि तीन देशको विशेषज्ञ टोली परिचालन भइरहेको जानकारी दिए ।
‘सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका लागि भारतीय, चिनियाँ र कोरियन टोली परिचालन भइरहेको छ। एकैपटक ५ वटा स्काभेटर किन नचलाएको भन्ने कुरा आयो, त्यहाँको अवस्था बुझ्दा सिमा भन्दा बाहीर गएर २ भन्दा बढी डोजर चलाउन नमिल्ने भएको हो । हामीले घर बसेर हेर्दा, विदुरमै पुगेर हेर्दा पनि टनेलको मुखको अवस्था कस्तो छ थाहा हुँदैन । गुगल, इन्जिनियर, अन्तराष्ट्रीय जियोटेकहरुलाई सोधेरै काम अघि बढाइरहेका छौ ।’
उनले सोसल मिडिया, पत्रपत्रिकामा आएका गुनासो बुझेको बताए । पुलिस, सेना, आर्मिले गर्नेकाम गरिरहेको र सकेसम्म उनीहरुलाई प्रोत्साहन गर्न आग्रह समेत गरेका छन् ।




प्रतिक्रिया