गोर्खा सैन्य भर्ती सम्बन्धी भएको त्रिपक्षीय सन्धिको पुनरावलोकन गर्न प्रधानमन्त्री ओलीको प्रस्ताव


काठमाडौं– बेलायत भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश समकक्षी टरिजा मेसंग भेटवार्ता गरेका छन् । बेलायती प्रधानमन्त्रीको कार्यालय टेज डाउनिंग स्ट्रीटमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले गोर्खा सैन्य भर्ती सम्बन्धी नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिको व्यापक पुनरावलोकन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सन् १९४७ मा ब्रिटेन, भारत तथा नेपालबीच भएको त्रिपक्षीय सन्धियता परिस्थिति निकै बदलिइसकेकाले प्रधानमन्त्री ओलीले त्यसको पुनरावलोकन गर्नुपर्ने प्रस्ताव राखेको बताए ।

उनले गोर्खा सैनिकहरुका माग पुरा गरेकोमा ब्रिटिस सरकारलाई धन्यवाद दिंदै उनीहरुका थप मागप्रति ध्यान दिन समेत आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले बेलायतको सुरक्षामा गोर्खा सैनिकहरुले ठुलो योगदान पुर्याएको धारणा राखेका थिए । नेपालको विकासमा बेलायत सरकारले पुर्याएको सहयोगप्रती प्रधानमन्त्री ओलीले धन्यवाद दिएका थिए ।

जवाफमा प्रधानमन्त्री मेले ब्रिटिश गोर्खा सैनिकहरूको ऐतिहासिक योगदानको प्रशंसा गर्दै यो विषयलाई गम्भिरतापुर्वक लिएको र आफ्ना उत्तराधिकारीलाई पनि सचेत गराउने जानकारी दिईन ।

बेलायती प्रधानमन्त्री मेसंगको भेटपछि प्रधानमन्त्री ओलीले मंगलवार बिहान लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व गोर्खा सैनिकका विभिन्न संस्थाका अगुवाहरूलाई भेटेका थिए।

त्यसैगरी प्रधानमन्त्री ओली र राजकुमार ह्यारीबीच समेत भेटवार्ता भएको छ । लन्डनस्थित नेपाली दूतावास नजिकै रहेको केन्सिङ्गटन प्यालेसमा गएर प्रधानमन्त्री ओलीले राजकुमार ह्यारीलाई भेटेका हुन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरी सोमवार लन्डन पुगेका थिए ।

प्रधानमन्त्री ओली बुधबार नै भूमिगत रेल चढेर उनि लण्डनबाट फ्रान्सको प्यारिश जांदैछन्। फ्रान्सको भ्रमण सकेर प्रधानमन्त्रीको प्रतिनिधी मण्डल आगामी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement