प्रधानमन्त्रीको निर्देशन :हटाइए खुलामञ्चका ५१ संरचना


काठमाडौं – चौतर्फी दवावपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चको संरचनामा डोजर चलाएको छ । अनधिकृत रुपमा निर्माण गरिएका संरचनाको विषयमा तत्काल प्रतिवेदन बुझाउन कामपाले उपमेयर एवं अनुगमन समितिका संयोजक हरीप्रभा खड्गी श्रेष्ठलाई शुक्रबार आग्रह गरेको थियो ।

त्यसको भोलिपल्टै हिजो शनिबार कामपाका मेयर, प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र कामपा कार्यान्वयन महाशाखा प्रमुख डिएसपी धनपति श्रेष्ठसहित उपस्थित टोलीले डोजर लगाएर संरचना भत्काएको हो ।

मेयर शाक्यले प्रधानमन्त्री कार्यालयलदेखि मन्त्रालयलगायत विभिन्न निकायले तत्काल संरचना भत्काउन निर्देशन दिएपछि टहरा भत्काएको स्पष्ट पार्नुभयो । डोजरसहित खुलामञ्च पुग्नुभएका मेयर शाक्य र सिडियो आचार्यले ब्यापारीले प्रयोग गरिरहेका सटर भत्काउन निर्देशन दिनुभएको थियो ।

लगत्तै कामपा प्रहरी र नेपाल प्रहरी टोलीले सटर भत्काएको थियो । बाक्लो संख्यामा उपस्थित सुरक्षाकर्मीले करिब एक घण्टामा सबै सटर भत्काएको थियो । सटर भत्काउन लाग्दा ठेकेदार कम्पनीबाट भाडामा लिएका ब्यापारीले कडा विरोध जनाउदै कामपाका मेयर र उपमेयरविरुद्ध नाराबाजी गरेका थिए ।

ब्यापारीको नाराबाजी र रुवावासीबिच महानगरले ५१ वटा सटर भत्काएको थियो । ‘हामीले उपमेयरको प्रतिवेदन कुरेनौ, सर्वत्र दवाव आएपछि भत्काएका हौ –मेयर शाक्यले भन्नुभयो । उहाले खुलामञ्चको सो क्षेत्रमा बसपार्कमा भ्यु टावर निर्माण भएर संचालन नभएसम्म बसपार्क मात्र कायम राख्ने बताउनुभयो । यो समाचार आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement