देश विकासका लागि निजी क्षेत्र कम्मर कसेर लागेको धानमन्त्रीको भनाइ

देश विकासका लागि निजी क्षेत्र कम्मर कसेर लागेको धानमन्त्रीको भनाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ । आत्माविश्वासका साथ लागेको छ । देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र गतिमा अगाडि बढ्नुपर्ने छ । यसमा निजी क्षेत्र र सरकारको सहकार्यको आवश्यकता छ । सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौं, देश विकास गर्न सक्छौं । स्थिरता, स्थायीत्व, सुशासन र विकासका लागि बनेको अहिलेको सरकारको मुख्य एजेण्डा हो ।’

साथै उनले अहिलेको देशमा भ्रष्टाचार न्युनिकरण र अन्त्य गर्न समेत यो सरकार प्रतिवद्ध रहेको बताए । उनले जनातालाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सरकार तत्पर भएको बताए ।