प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्री र विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको भेट

प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्री र विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले आज शिष्टाचार भेट गरेकी छिन् ।

नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बङ्गलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएकी मुर्सिदले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेकी हुन्।

सो अवसरमा दुई देशबीच रहँदै आएको आपसी हित, मित्रवत सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भयो ।

यस्तै, प्रधानमन्त्री ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुुलाटारमा भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकतालगायत विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र नेपालीको जीवनस्तर उकास्न बैंकले गर्दै आएको महत्त्वपूर्ण सहयोगको प्रशंसा गर्दै उचित राजस्व परिचालन र विकासका खर्चका लागि प्रभावकारी व्यवस्थापन सरकारको प्राथमिकता रहेको सुनाए ।

उनले उत्पादन र उत्पादकत्ववृद्धिका लागि थालेका काम सक्ने नति अनुरुप आगामी बजेटबाट समयमा परियोजनाहरू सम्पन्न गर्नेगरी प्रबन्ध गरिने अवगत गराए ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाल रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, बैंकका देशीय निर्देशक डेभिड एन सिस्लेनलगायत सहभागी थिए ।