काठमाण्डु– संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित हुने भएको हो ।
प्रधानमन्त्री सोमबारबाट अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
उनलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ ।
ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।
प्रतिक्रिया