प्रधानमन्त्री ओलीले गरे ग्वार्को फ्लाइओभरको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे ग्वार्को फ्लाइओभरको उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन् ।

शुक्रबार उनले उक्त फ्लाइओभर उद्घाटन गरेका हुन् । उद्घाटनपछि आजैबाट सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ । ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाई ओभरको निर्माण भएको हो ।

गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।