प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद, विमान दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद, विमान दुर्घटनाप्रति दुःख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–  प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद समक्ष साेमबार काठमाडौंमा भएको युएस बंगलाको बम्बार्डियर विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

बंगलादेका प्रधानमन्त्रीलाई टेलिफोन सम्पर्क गर्दै  प्रधानमन्त्री ओलीले दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख व्यक्त गरेका हुन्।

बंगलादेशी प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले दुर्घटनामा परी ज्यान गुमाएका यात्रु र दुर्घटनाबाट भएको भौतिक क्षतिप्रति नेपाल सरकार दुःख व्यक्त गर्दै दुर्घटनामा दिवंगत भएका यात्रुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरे।

त्रासदीपूर्ण दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खबर पाउनासाथ नेपाल सरकारले शीघ्रातिशीघ्र उद्वार कार्य अघि बढाएको जानकारी दिए। बंगलादेशका प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले आफूले घटनास्थल निरीक्षण गरेको समेत बताएका थिए।

बंगालदेशका प्रधानन्त्रीले दुर्घटना लगत्तै उद्वारका लागि नेपाल सरकारले देखाएको तदारुकताप्रति धन्यवाद व्यक्त गरे।