अभिभावकत्व ग्रहण प्रचारमात्रैः प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व

अभिभावकत्व ग्रहण प्रचारमात्रैः प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुम कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभावकत्व ग्रहण गरे । आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देश्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरैले सिको गरे ।

रारामै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छोङ्जुम लामाको अभिभावकत्व ग्रहण गरिन् । प्रधानमन्त्री ओलीले कक्षा १ मा भर्ना गराएकी बालिका ठिन्ले विद्यालय प्रथम भइन् । त्यसको एक वर्षपछि वैशाख ३ गते राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको उद्घाटन गर्न सुर्खेत आएका प्रधानमन्त्रीले बालिकाको प्रसंग निकाले ।

‘मैले रारामा पुगेर भर्ना गरेकी बालिका कक्षा १ मा प्रथम भइछन्’, प्रधानमन्त्रीले भने, ‘जोखिममा रहेका तथा विद्यालयको पहुँचभन्दा टाढा रहेका बालबालिकालाई तपाईंहरु पनि अभिभावकत्व ग्रहण गरेर विद्यालयको पहुँचमा पु¥याउनुहोस्, शिक्षादीक्षा दिनुहोस् ।’ तर विडम्बना, प्रधानमन्त्री स्वयंले अभिभावकत्व ग्रहण गरेकी बालिका ठिन्ले ज्यान जोखिममा राखेर पढाई खर्च जुटाउन अहिले यार्सा खोज्न उच्च हिमाली पाटन पुगेकी छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।