राजनीति समाचार

विपदग्रस्त क्षेत्रमा समन्वयात्मक रुपमा खटेर उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्दार गर्न र सम्भावित क्षति न्युनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी केहि स्थानमा तत्काल बहाव खुलाउने काम भएको र अन्य स्थानमा पनि प्रयास भइरहेको बताएका हुन्।

शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रालयगत प्रगति तथा समीक्षा कार्यक्रममा बोल्ने क्रममा उनले विपदमा परेकाको उद्दार र राहतमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाउँदै उद्दार र राहत कार्यलाई प्रभावकारी बनाउन समन्वयात्मक रुपमा परिचालित निर्देशन दिए। प्रकोप क्षेत्रमा उद्दारका आवश्यक उपकरण, आवश्यक परेका ठाउँमा हेलिकप्टर र सुरक्षाकर्मी परिचालन भएको प्रधानमन्त्री ओलीले जनाए। साथै सम्भावित र जोखिम क्षेत्रका सर्वसाधारणलाई सचेत रहनका लागि सुचना प्रणालीलाई चुस्त बनाइएको प्रधानमन्त्रीको भनाइ छ ।

सम्पुर्ण स्थानीय तह र जनप्रतिनिधीलाई पनि पीडितको उद्दारमा खटिन प्रधानमन्त्रीले आग्रह गरे। बाढी र पहिरोबाट ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै उनले यस घडीमा एक अर्काको सहयोगमा जुट्न सबैलाई आह्वान समेत गरे।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top