एक्सनमा प्रधानमन्त्री ओली, बालुवाटारबाटै देश चलाउने !


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली एक्सनमा उत्रिएका छन् । एपेन्डिसाईटिसको शल्यक्रिया गरी बिहिबार अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै दैनिक प्रशासनिक काम गर्ने भएका छन् ।

चिकित्सकहरुले धेरै दौडधुप नगर्न सुझाएपछि प्रधानमन्त्रीले बालुवाटारमै कार्यसम्पादन सुरु गरेका छन् । उनले अस्पतालबाट बालुवाटार फर्केको दिन बिहिबारनै काठमाडौं उपत्यकामा कहीं पनि खाल्डाखुल्डी नराख्न दिएको निर्देशन पालना भए नभएको जानकारी लिइसकेका छन् ।

उनले बिहिबारनै प्रत्येक मन्त्रालयको चौमासिक प्रगतिबारे पनि जानकारी लिएका  श्रोतले बतायो । आज प्रधानमन्त्रीको औपचारिक कार्यक्रम नरहेपनि बालुवाटारबाटै अत्यावश्यक तथा प्रशासकीय काम शुरू गर्ने बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले आज बालुवाटारमै सामान्यदेखि अत्यावश्यक भेटघाट गर्नेछन् ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गरी प्रधानमन्त्री ओली १० दिनपछि बिहिबार डिस्चार्ज भएका थिए । एपेन्डिसाइटिस पाकेर पेटमा संक्रमण फैलिएपछि गत मंसिर १० गते प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो । अहिले उनी चिकित्सको निगरानीमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement