स्वार्थी समुहले देशलाई अन्धरकारमा धकल्ने प्रयास गरेको प्रधानमन्त्री ओलीको आरोप


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थले ओतप्रोत केही समूहले जनतामा निराशा फैलाएको आरोप लगाएका छन् । गृहमन्त्रालयमा आयोजित कार्यक्रममलाई सोमबार सम्बोधन गर्दै उनले सबै कुरा ठीकठाकै भए पनि केही स्वार्थी समुहले जनतामा निराशा फैलाएको आरोप लगाएका हुन् । उनले उनीहरुको भावनात्मक पक्षमा खेलवाड गर्न थालेको अभिव्यक्ति दिएका छन्।

सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच मत भेद सार्वजनिक भएका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाई आएको हो । उनले जनताले सरकारको काम कार्वाहीे मन पराएको दाबी गरे । प्रधानमन्त्रीले कार्यक्रममा भने‘ सरकारको कामकारवाही जनताले मन पराएका छन् तर उनीहरुलाई निराश बनाउन स्वार्थी समूह जुटेको छ । ’

प्रधानमन्त्रीले उक्त समुहको प्रयासलाई परास्त गर्ने घोषणा समेत गरे । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारको पहिलो प्राथमिकता विकास निर्माण र शान्ति सुरक्षा रहेको बताए ।

उनले लामो संक्रमणकालपछि नेपाललाई आफूहरुले उज्यालो बनाउने सपना देखेको तर केही स्वार्थी समुहले अन्धरकारमा धकल्ने प्रयास गरेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement