प्रधानमन्त्री ओलीले भोलि टिचिङ अस्पतालमा कोरोनाको खोप लगाउने

प्रधानमन्त्री ओलीले भोलि टिचिङ अस्पतालमा कोरोनाको खोप लगाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्माले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजे कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाउने भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले हिमालय होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भोलि टिचिङ अस्पताल महाराजगञ्जमा कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिए ।

आइतबारबाट देशभरका ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुँदैछ । यो चरणमा सरकारले ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने तयारी गरेको छ ।