प्रधानमन्त्री ओली नयां दिल्लीमा


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नयां दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन् ओली बिहबिार दिउंसो नयां दिल्ली प्रस्थान गरेका थिए ।

नेपाल एयरलायन्सको दिउँसो १.३५को उडानबाट करिब ३ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रय विमानस्थलमा उत्रेका हुन्। प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्वागतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलगायत भारतीय विदेशमन्त्रलायका सचिव(वेस्ट) गितेश शर्माले विमानस्थलमा स्वागत गरे।

प्रधानमन्त्री ओलीका साथमा पत्नी राधिका शाक्य, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकर वैरागी लगायतको टोली रहेको छ।  भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा अत्यधिक बहुमतसहित प्रधानमन्त्री मोदीले साँझ ७ बजे राष्ट्रपति भवनमा सपथ लिँदैछन्।

मोदीको सपथमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यानमारका राष्ट्रपति, थाइल्याण्डका मन्त्री, भुटानका प्रधानमन्त्री लोटे टिसिरिङ, मरिससका प्रधानमन्त्री, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नयाँदिल्ली आइपुगेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत सरकारको निमन्त्रणामा दिल्ली आएका ओली चाणक्यपुरीको डिप्लोमेटिभ इन्क्लेभस्थित ताज प्यालेसमा बस्नेछन्। समारोहमा सहभागी हुनुअघि कुनै पनि राजनीतिक भेटघाट नहुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement