लोकतन्त्रमाथि खतरा आइपरे सरकार बघिनीको शैलिमा प्रस्तुत हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि कुनै खतरा आइपरे सरकार बघिनीको शैलीमा रक्षात्मक ढंगले प्रस्तुत हुने चेतावनी दिए ।

उनले भने, ‘जबसम्म आफ्ना डमरुमाथि खतरा आइपर्यो भन्ने हुदैन तबसम्म बघिनी चुपै लागेर बस्छे । डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिनँ । डेमोक्रेसीमाथि, संघीय लोकतान्त्रिक गणतत्रमाथि जबसम्म खतरा आइपर्यो भन्ने कुरा हुँदैन तबसम्म सरकार त्यसैगरी बघिनी जस्तै शान्त हुन्छ । लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन । जनताको बलिदान खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध छ ।’

‘डेढ बर्ष भइसक्दा पनि सरकारले गति लिन नसकेको’ भन्ने आलोचनालाई सरकारले गम्भीर रुपमा लिएको र अझै गतिका साथ अघि बढ्ने आश्वासन दिए ।

प्रधानमन्त्री ओलीले ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन समयमै सम्पन्न गर्न तथा विभिन्न वहानामा पैसा थप्ने काम नगर्न शहरी विकास मन्त्रीलाई निर्देशन पनि दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement