प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो साढे दुई बजे बस्ने संसद बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने अधिकारीले बताए ।

यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए । सिंगापुरमा उपचार गराएर फर्किएपछि बुधबारदेखि सार्वजनिक कार्यक्रममा सक्रिय भएका ओलीले आफ्नो उपचारको बारेमा पनि सदनलाई जानकारी गराउने छन् ।