प्रधानमन्त्री ओलीले लिए मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र पुगेका छन् । उनी प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेलको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।

एनजिओप्लाष्ट गरेर शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आराम गरिरहेका मुख्यमन्त्री पौडेललाई भेटेर प्रधानमन्त्रीले स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गरेका थिए । स्वास्थ्यमा समस्या देखिएर आइतबार पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका मुटुरोग विषेशज्ञ डा. चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement