प्रधानमन्त्रीका प्रेस सल्लाहकारमाथि लाग्यो गम्भीर आरोप, सचिवालयद्धारा खण्डन


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीको चरित्र हत्या गर्दै प्रतिष्ठा र मर्यादामा आँच पुर्याउने दुष्प्रचार गर्न खोजिएको भन्दै सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।

एक साप्ताहिक पत्रिकामा अन्तर्रा्ष्ट्रिय अपराधीको समुह नेपालमा आएको र उनीहरुलाई प्रहरीले पक्राउ गरेको तर, प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अली अपराधी छुटाउन प्रहरीलाई भेट्न गएको भन्दै समाचार सार्वजनिक गरेको थियो ।

‘उक्त समाचारमा अली जेठ ७ गते मंगलवार ९ बजेर ३० मिनेटमा प्रहरी परिसर टेकू पुगेर पक्राउ परेका अभियुक्तलाई भेटी फर्केको कपोलकल्पित दाबी समाचारमा गरिएको छ । उक्त कुरा त्यहाँको सीसी टिभीमा कैद भएको अत्यन्तै झुठो, भ्रामक र सुनियोजित अफवाह उक्त सामग्रीले प्रसार गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘प्रधानमन्त्रीको सचिवालयले उक्त समाचारमा उल्लेखित विषयमा प्रहरी परिसर टेकूका डीएसपी सन्तोष तामाङलाई बुझ्दा तामाङले पनि अली त्यहाँ नआएको बताउनुभयो । यसरी व्यक्तिको सुरक्षा संवेदनशीलतामा असर पर्नेगरी लेखिएको काल्पनिक कथ्यलाई सप्रमाण पुष्टि गर्न पत्रिकालाई हामी चुनौति दिन्छौ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement