प्रधानमन्त्री ओलीले भने -सुन तस्करी त्यतिबेलाको सरकारले थाहा पाउने हो,हामी त आउँदाबित्तिकै प्वाल टाल्दियौँ

प्रधानमन्त्री ओलीले भने -सुन तस्करी त्यतिबेलाको सरकारले थाहा पाउने हो,हामी त आउँदाबित्तिकै प्वाल टाल्दियौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको पानी आउनमा केही समय लाग्ने बताएका छन् । सोमबार नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरका नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठेकेदार कम्पनी भाग्यो अब मेलम्ची आउँदैन भन्ने कुरा सत्य नभएको बताउँदै भने, ‘ठेकेदार कम्पनी भाग्यो, केही समय ढिला होला तर मेलम्चीको पानि आउँछ ।’

साथै उनले नेपालमा अब सुन तस्करी नहुने बताएका छन् । अहिलेको सरकारले सुन तस्करीको प्वाल बुझेपछि तस्करमा संलग्नहरु आत्तिएको बताए ।आफू नेतृत्वको सरकार बनेपछि नभई त्यसअघि नै भएको उनको भनाइ थियो ।

‘सुन तस्करीका बारेमा त्यतिबेला सरकारमा रहेकाले थाहा पाउने हो’, उनले भने, ‘हामीले त आउँदाबित्तिकै प्वाल टाल्दियौँ, संलग्नलाई जेलमा हाल्दियौँ । अहिले उनीहरु जेलमा छन् ।’ उनले अब नेपालमा सुनको तस्करी नचल्ने बताउँदै जिल्ला जिल्लामा लगेर जमिनमुनि गाडेको सुन पनि खोतलेर निकालेको दावी गरे ।