प्रधानमन्त्री ओली भन्छन् -नेपाल तीव्र परिवर्तनको क्रममा छ


कठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अमूर्त र औषत कुरामा विस्वास नगर्ने बताएका छन। नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताउँदै उनले सरकारले ठोस  परिणाममा विस्वास गर्ने बताए।

गीतकार एवं पूर्व प्रधानमन्त्री जे.एन.खनालको गीति एल्बम परिवर्तनका स्वरहरु भाग २ को शनिबार काठमाडौंमा विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु,संविधानसभाबाट संविधान जारी हुनु, जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताएका हुन। ‘हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ।‘

प्रधानमन्त्री ओलीले सरकारले अमूर्त समृद्धि र औषत सुखमा विस्वास नगर्ने बताएका थिए। ‘हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विस्वास गर्दैनौँ’ ओलीले भने, ‘हरेक व्यक्तिले महसुश गर्ने गरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं। सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा छ।‘ ओली सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएको छ।

प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता खनालको श्रृजनसिलताको प्रशंसा गरेका थिए। ‘व्यस्त दैनिकीबाट समय निकालेर झलनाथजीले यती राम्रो श्रृजना गर्नुभएको छ’, ओलीले भने, ’वहाँको श्रृजनशिलता धेरैजनाको लागि यो प्रेरणाको स्रोत हुनसक्छ।‘

प्रतिक्रिया दिनुहोस
Advertisement