प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपाको धारणा


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धारणा माग गरेको छ ।

मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर जान नमिल्ने बताउँदै उनले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति सरकार र पार्टीको धारणा प्रष्ट पार्न माग गरेका छन् ।

‘प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र ब्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्री नै बदल्ने, उहाँकै दल नेकपाको बिषय हो । तर प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? संस्थागत प्रस्टीकरण अनिवार्य भएको छ,’ प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले एक कार्यक्रममा अयोध्या पर्साको ठोरीमा पर्ने र राम भारतीय नभई नेपाली भएको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement