संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन:चीन भ्रमणबारे जानकारी गराउने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ गतेदेखि हुन लागेको आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउंदै छन् ।

अपराह्न ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी दिनेछन् ।ओली मंगलबार जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैछन् । भ्रमण टोलीमा एक सयभन्दा बढी सदस्य रहनेछन् ।

ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदमा जानकारी गराउने छन् । चीनसँग ऊर्जा, कृषि, रेलवे लगायतका क्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement