आज प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथी उठेका प्रश्नको जवाफ दिँदै


काठमाण्डु – प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदैछन्।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिले जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति, तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

छलफल र प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयको सम्भावित कार्यसूचिमा रहेको छ। यही जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ।

प्रतिक्रिया दिनुहोस
Advertisement