बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता


काठमाण्डु  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली शुक्रबार बिहानै बालुवाटार पुगेका हुन् । अहिले दुईजनाबीच छलफल चलिरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल केन्द्रित रहेको सचिवालय स्रोतले जनाएको छ ।भागबन्डलगायत न्यूनतम साझा कार्यक्रमका विषयमा बिहीबार सत्ता गठबन्धनको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement