प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता, के भयो कुराकानी ?


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुख घिमिरेबीच भेटवार्ता भएको भेटवार्ता भएको हाे ।

भेटवार्तामा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखका पेस संयाेजक शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार ‘आजबाट समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको छ । संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु ।

सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु,’ प्रधानमन्त्रीले भने ।

जवाफमा सभामुखको भनाइ थियो, ‘सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन चाहन्छु । आजबाट समितिको बैठकहरु उत्साहपूर्ण रुपमा सुरु भएका छन् । संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ । सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरुको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement