काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबार पुगेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भएको छ ।
छलफलमा संक्रमणकालीन न्याय सम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन समेत सहभागी छन् ।
माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गर्नुअघि आईतबार द्वन्द्वपीडितका विभिन्न संस्थाबाट पीडितहरूले प्रधानमन्त्री ओलीसँग भेटेर ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया