प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै

प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री ओली आज अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

‘प्रधानमन्त्री ओली बालकोटबाट सरकारी निवास जानुहुने छ,’ प्रेस संयोजक अधिकारीले भने, ‘नयाँ निर्वाचित भइसकेपछि आजै सरकारी निवास बालुवाटार सर्न लाग्नु भएको हो।’

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोडेका थिए ।