महंगो खाना खाएको भन्दै प्रधानमन्त्री नेतन्याहू पत्नीलाई जरिमाना


एजेन्सी – आइतबार जेरूसेलमको एक अदालतलले इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूकी पत्नी सारा नेतन्याहूलाई राज्यकोषको दुरूपयोग गरेको भन्दै जरिमाना तिराएको छ ।

साराले प्रधानमन्त्री निवासमा भान्सा नभएको झुठो कुरा गर्दै बाहिरका रेष्टुरेन्टबाट महंगो खाना ल्याएर खाने गरेको भन्दै अदालतले सारालाई १५ हजार डलर जरिमाना तिर्नु पर्ने फैसला गरेको हो । जरिमाना कम भए पनि उनी अब आपराधिक रेकर्डमा हुनेछिन् ।

सरकारले भान्सा र भान्से दुबैको व्यवस्था गरे पनि साराले महंगो खानामा झन्डै १ लाख डलरबराबर पैसा राज्यकोषबाट दुरूपयोग गरेको अभियोग लागेको थियो ।

पत्नीको बचाउ गर्दै बेन्जामिनले उनका काममा कुनै गल्ती हुन नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement