काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग संकलन भइरहेको छ ।
कार्यालयका अनुसार कोषका विभिन्न खातामा बुधबार बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ पुगेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मौज्दात १३ अर्ब ७३ करोड ६ लाख ७७ हजार ४३० र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा ३ करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर पुगेको छ ।



प्रतिक्रिया