नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङ र नेकपाका सांसद रमेश कुमार मल्लले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखलाई बोलाएर बयान लिने र धम्क्याउने काम गलत भएको बताएका छन्।
उनीहरूले संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिँदै कर्मचारीहरुलाई आतंकित बनाउने काम भइरहेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न माग गरेका छन् ।
यस्तै, प्रतिनिधि सभामा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे जवाफ मागे गरेका छन्।
त्यस्तै, एमालेका सांसद पोखरेलले नेपालले भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको आरोप लगाए । जसले तीन करोड जनतालाई हेपिएको र राष्ट्रघात भएको अनुभव गरेको उनको भनाइ छ।




प्रतिक्रिया