मन्त्रीहरुको कार्यसम्पादन मुल्यांकन गर्दै प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको कार्यसम्पादन थप प्रभावकारी रूपमा अनुगमन गर्ने भएका छन् । मन्त्रालयहरूको कार्यसम्पादनको अनुगमन, अन्तरमन्त्रालय र विभागहरूबीच सहजीकरण तथा समन्वय नयाँ ढंगले अघि बढिरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।

– गुनासो सम्बोधनका लागि एप्समार्फत जनतासँग जोडिँदै प्रधानमन्त्री
-प्रधानमन्त्रीले गर्ने कामको ‘सर्टआउट’
– प्रधानमन्त्री र मन्त्रीबीचको ‘ग्याप’ हटाइने
– प्रधानमन्त्रीको सानो टिम, २ करोड बचत

प्रधानमन्त्रीले यसरी अनुगमन गर्नेछन्
प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै ११ वटा महाशाखा बनेका छन् । सामाजिक विकास तथा रूपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कूटनीति समन्वय महाशाखा, नतिजा व्यवस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा थपिएका छन् ।

सबै महाशाखाको नेतृत्व सहसचिवले गर्दै छन् भने पाँचजना सचिवले ती सबै महाशाखाको समग्र नेतृत्व गर्नेछन् । ‘प्रत्येक सहसचिवलाई सचिवले, प्रत्येक सचिवलाई मन्त्री र प्रत्येक मन्त्रीलाई प्रधानमन्त्रीले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने ।

मन्त्रालयको कार्यसम्पादन नतिजामा हेरिने
प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षसँगै एकीकृत प्रणालीबाट प्रत्येक मन्त्रालयको कार्ययोजनाअनुसार कार्यसम्पादन मूल्यांकन हुने बताउँदै आएका छन् । कार्यसम्पादन नतिजा मूल्यांकन हुने भन्दै १ साउनदेखि व्यवस्थित काम सुरु गर्ने गरी कार्ययोजना तयार पार्न प्रधानमन्त्री ओलीले अघिल्लो साता नै मन्त्री र सचिवहरूलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीकै रुचिमा प्रधानमन्त्री कार्यालयअन्तर्गत छुट्टै नतिजा व्यवस्थापन महाशाखा बनेको छ । त्योे महाशाखाले सबै मन्त्रालयले बजेट खर्चअनुसार परिणाममा कस्तो काम गरिरहेका छन्, काम सही तरिकाले भइरहेको छ–छैन प्रत्यक्ष अनुगमन गर्नेछ । आजको नयांपत्रिका दैनिकमा समाचार छ 

प्रतिक्रिया दिनुहोस
Advertisement