प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाल चीन प्रस्थान

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाल चीन प्रस्थान


काठमाण्डु – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको नेतृत्वमा एक टोली आइतबार चीन प्रस्थान गरेको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार चीन भ्रमणमा प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाइँ र प्रधानमन्त्रीका स्वकीय सहसचिव अरुण लम्साल छन् ।

उनीहरूको चीन भ्रमणकाबारे केही जनाइएको छैन ।